अमेरिकामा मास्कः ट्रम्पले लगाउँदिनँ भने, मेलानियाले भनिन्– लगाउनै पर्छ

अमेरिका– केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मास्क नलगाउने भनेका थिए । यसले विश्वभर तहल्का मात्र मच्चाएन, समाचारका लागि राम्रै स्थान पनि पायो । 

अब उनकै श्रीमती अर्थात् अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले मास्क लगाएको फोटो राख्दै कोरोनाभाइरसविरुद्ध यसको निकै ठूलो आवश्यकता भएको बताएकी छिन् । ट्रम्प परिवारमा उनले सार्वजनिक रुपमा मास्क लगाएको फोटो पहिलो पटक राखेकी हुन् । 

‘सामाजिक दूरी बनाउन अलिक समस्या हुँदा मास्क लगाउन अध्ययनहरुले देखाएका छन्,’ मेलानियाले आफूले मास्क लगाएको तस्वीर नै राख्दै सामाजिक सन्जालमा लेखेकी छिन् ।

उनले यसअघि आफूले हातमा मास्क लिइरहेको तस्वीर र भिडियो पनि पोस्ट गरेकी थिइन् । उनले अमेरिकी रोग नियन्त्रण विभागले निकालेको गाइडलाइन्स आएलगत्तै यस्तो गरेकी हुन् ।

तर, राष्ट्रपति ट्रम्पले मास्क लगाउनै नपर्ने बताउँदै आएका थिए । उनले भनेका थिए, ‘म त मास्क लगाउँदिनँ ।’



अमेरिकी राष्ट्रपति ट्रम्पलाई दुई पटक कोभिड १९ को परीक्षण गरिएको छ । उनको परीक्षणको रिजल्ट दुवै पटक नेगेटिभ आएको थियो । अनि मेलानियाको पनि एकपटक कोभिड १९ परीक्षण गरिएको बताइएको छ ।

‘मास्क लगाउनै पर्छ, सबैलाई मास्क लगाउन म अनुरोध गर्छु,’ मेलानियाले लेखेकी छिन् । 



  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार ३:१२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया