भारतमा १६ बाँदरको रहस्यमय मृत्यु, कोरोनाभाइरस संक्रमणको आशंका

भारतको उत्तर प्रदेको संभल जिल्लाको एउटा गाउँमा पछिल्ला दुई दिनमा रहस्यमयी तरिकाले १६ बाँदरको मृत्यु भएपछि गाउँमा निकै ठूलो हलचल फैलिएको छ । 

पशु चिकित्सा विभाग तथा वन विभागको एउटा टिमले त्यहाँ गएर बाँदरहरुको परीक्षण गरेको र पोस्टमार्टमका लागि पठाएको भारतीय सन्चारमाध्यमले रिपोर्ट गरेका छन् । 

अर्कोतिर यी बाँदरहरुको अचानक मृत्यु भएपछि त्यहाँका गाउँमा बाँदरहरुलाई कोरोनाभाइरस संक्रमण त भएको होइन भन्ने आशंका गर्न थालिएको छ । यही साता अमेरिकाको ब्रुक्स चिडियाघरमा बाँदर र सिंहमा पनि कोरोनाभाइरस संक्रमण देखिएपछि यो झन् ठूलो इस्यु बनेको छ ।

संभलको पंवासामा मंगलबार एउटा बाँदरको मृत्यु भएको थियो । त्यसपछि केही दर्जन बाँदरहरु बेहोस भएको पाइएको थियो । अचानक त्यहाँ १५ बाँदरको मृत्यु भएको हो । 

यी बाँदरहरुको शरीरको तापक्रम पनि कम भएको भन्दै उनीहरुको पनि पोस्टमार्टमका लागि पठाइएको छ । त्यसपछि मात्र बाँदरहरुमा कोरोनाभाइरस संक्रमण भएको या नभएको भन्ने पुष्टि हुनेछ । तर, अहिले त्यहाँका पशु विभागका कर्मचारीले गाउँलेले बालीमा छर्किएको कीटनाशकका कारण बाँदरको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार ६:५३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया