नेपाल र भारतका प्रधानमन्त्रीबीच फोनवार्ता, कोरोना भाइरसविरुद्धको सहकार्यलाई सशक्त बनाउने सहमति

काठमाडौं– नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोनवार्ता भएको छ । वार्ताका क्रममा दुवै देशमा जारी लकडाउनका कारण एक–अर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ट्विटमार्फत सो जानकारी दिएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको कुराकानीको जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन् – आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरेँ । कोरोना भाइरसकाविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौँ । लकडाउनको कारण एक–अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौँ ।

प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भएको र भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि आफूले धन्यवाद दिएको पनि ट्विटरमा उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार १४:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया