एजेन्सी– गत डिसेम्बरमा चीनको वुहान सहरमा पहिलो पटक मानिसमा कोरोनाभाइरस संक्रमण देखियो । अहिले यही कोरोनाभाइरसका कारण विश्व हायलकायल भएको छ ।
उता, चीनले चाहिँ आफूले कोरोनाभाइरस नियन्त्रण गरिसकेको बताएको छ ।
तर, चीनमा फेरि कोरोनाभाइरसका संक्रमित भेटिन थालेका छन् । चिनियाँ मिडियाहरुका अनुसार शुक्रबार चीनमा ४२ नयाँ संक्रमित भेटिएका हुन् ।
सबैभन्दा हैरानीको कुरा त के भने यी संक्रमितमा अहिलेसम्म कोरोनाको कुनै लक्षण देखिएको थिएन ।
योसँगै अब चीनमा कोरोना संक्रमितको संख्या ८१९०७ पुगेको छ । चिनियाँ अधिकारीहरुले शुक्रबार भेटिएका यी ४२ जनामध्ये ३८ जना विदेशबाट आएको पनि बताएका छन् ।
चीनले फेरि कोरोनाभाइरस महमारी देखिन सक्ने भन्दै पहिले ठिक भएका मानिसहरुलाई पनि परीक्षण सुरु गरेको छ । वुहानमा ७७ दिन लागु गरिएको लकडाउन सकिएको भोलिपल्टै नयाँ संक्रमित भेटिएपछि चीन फेरि त्रसित भएको छ । अब चीनले पहिले ठिक भएका कोरोना संक्रमितको पनि निगरानी गर्न थालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।