नेपालमा कहिलेसम्म लकडाउन ? प्रधानमन्त्रीले भने– तत्काल हट्दैन
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग बैठक गरेका छन् । भर्चुअल यो बैठकमा उनले तत्काल नेपालमा जारी लकडाउन नहट्ने बताएका छन् । 

दोस्रो पटक समय थपेर अहिले सरकारले ३ वैशाखसम्म लकडाउन आह्वान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण रोकथामका लागि सबैभन्दा प्रभावकारी माध्यम नै भौतिक सामाजिक दूरी भएको र लकडाउन नै उपयुक्त विकल्प भएको भन्दै यस्तो आशय व्यक्त गरेका हुन् । उनले चार घन्टे लामो बैठकमा सरकारले प्रभावकारी र सफल रुपमा काम गरिरहेको पनि बताएका छन् । 

‘अहिले अर्को कुनै संयन्त्रको आवश्यक पनि छैन,’ उनले मुख्यमन्त्रीहरुसँग भनेका छन्, ‘दुष्प्रचार गर्नेहरुबाट अहिले कोही पनि प्रभावित हुनु पर्दैन ।’

प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीहरुलाई सीमामा थप कडाइ गनै पनि आग्रह गरेका छन् । भारतमा अहिले कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेकाले सीमामा थप कडाइ गर्नु नै नेपालमा कोरोनाभाइरस संक्रमण भित्रिन नदिनु भएको उनको तर्क छ । 
 





  • प्रकाशित मिति : चैत २९, २०७६ शनिबार १७:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया