पर्वत– देशभर लकडाउन भएपछि सार्वजनिक सवारी साधन चलेका छैनन् । फलस्वरुपः दैनिक ज्यालादारी काम गर्ने समुदाय निकै समस्यामा परेका छन् । लकडाउन थप लम्बिने संकेत भएपछि पछिल्लो समय विभिन्न ठाउँबाट मजदूरहरु हिँडेरै आफ्नो घर जान थालेका छन् ।
यही क्रममा बाग्लुङको गल्कोट नगरपालिका हटियाबाट वीरगन्ज जान लागेका चार मजदूरलाई पर्वको क्वारेन्टाइनमा राखिएको छ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि लकडाउन भएपछि कुनै काम नभएका उनीहरु हिँडेर वीरगन्ज जाने सोचमा थिए ।
घर निर्माण कार्यमा संलग्न उनीहरुले आफूहरुलाई ठेकेदारले कुनै वास्ता नगरेको र अलपत्र छाडेको बताएका छन् । कोठा भाडा तिर्ने र खानाबस्नका लागि नै समस्या भएपछि उनीहरु हिँडेर नै वीरगन्ज जान खोेजेका थिए ।
तर, पर्वत प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राखिदिएको छ । उनीहरुको र्यापिड टेस्ट गर्ने पनि प्रशासनले तयारी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।