तनहुँ– गण्डकी प्रदेशको तनहुँ जिल्लामा मात्र कोरोनाभाइरस संक्रमण परीक्षणका लागि ६ सय ४२ किट उपलब्ध गराइएको छ ।
त्यहाँ विदेशबाट फर्किएकाहरुको र्यापिड टेस्ट गर्नका लागि यी किट उपलब्ध गराइएको हो ।
अब जिल्लाले सबै स्थानीय तहमा किट पठाएर नमूना संकलन सुरु गर्ने बताएको छ । जिल्ला प्रमुख अधिकारीका अनुसार त्यहाँ यी किटहरु शनिबारमात्र पुगेका हुन् । त्यसैले अब आइतबारबाट नमूना संकलन सुरु हुने भएको छ ।
विदेशमा आएर १४ दिन क्वारेन्टाइनमा बसेका तर २१ दिन नकेटका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर यी टेस्ट गर्ने जिल्लाले तयारी गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।