गोरखा प्रशासनले भन्यो– घरमै नयाँ वर्ष २०७७ मनाउनू

गोरखा– नयाँ वर्ष २०७७ सामुन्नेमा आएको छ । नयाँ वर्षमा नयाँ ठाउँ घुम्न जाने वा जमघट गरेर रमाइलो गर्ने नेपाली प्रचलन छ । तर, अब गोरखा प्रशासनले नयाँ वर्षमा सबैलाई यस्ता काम नगर्न अनुरोध गरेको छ । घरमै बसेर नयाँ वर्ष मनाउन गोरखा प्रशासनले आग्रह गरेको हो । 

कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै यस्तो अनुरोध गरिएको गोरखाको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसै पनि नेपालमा ३ वैशाखसम्म लकडाउनको घोषणा गरिएको छ ।

यस्तो अवस्थामा मानिसहरु घरबाट बाहिर निस्केलान् भन्ने भयका कारण यस्तो अनुरोध गरिएको गोरखा प्रशासनले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ३०, २०७६ आइतबार ०:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया