कोरोनाभाइरसः सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा

एजेन्सी– अहिले विश्वका लागि सबैभन्दा ठूलो कहर बनेको कोरोनाभाइरसका कारण अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । शनिबारअघिसम्म सबैभन्दा बढी मृत्यु इटालीमा रेकर्ड गरिएको थियो । 

तर, शनिबार पछिल्ला २४ घन्टामा मृत्यु भएकाको तथ्यांकलाई लिएपछि जोन हप्किङ्स विश्वविद्यालयले अमेरिकामा सबैभन्दा बढीको मृत्यु भएको जनाएको छ ।

विश्वविद्यालयका अनुसार अब अमेरिकामा १९७०१ जनाले कोभिड १९ का ज्यान गुमाएका छन् । इटालीमा यो संख्या १९,४६८ पुगेको छ ।

तीन महिनाअघि डिसेम्बरको अन्त्यमा चीनको वुहान सहरमा पहिलो पटक मानिसमा संक्रमण भएको देखिएको कोरोनाभाइरसका कारण अहिले विश्वमा निकै ठूलो समस्या देखिएको छ । अहिलेसम्म यो भाइरसको कुनै औषधी पत्ता लागिसकेको छैन । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तिमा पनि ९ कम्पनीहरुले यसको औषधी बनाउन प्रयास गरिरहेको बताएका छन् ।





  • प्रकाशित मिति : चैत ३०, २०७६ आइतबार ०:३२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया