सुदूरपश्चिममा अहिलेसम्मका सबै र्यापिड टेस्ट नेगेटिभ

कन्चनपुर– सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म एक हजार आठ सय ५० जनाभन्दा बढीको कोरोनाभाइरस संक्रमण परीक्षण गर्न र्यापिड टेस्ट गरिएको छ । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ । 

प्रदेशको स्वास्थ्य निर्देशनलायले कैलाली, बझाङ, कन्चनपुर, डोटी, बाजुरा, बैतडी, डडेलधुरा र अछाममा विदेशबाट आएकालाई प्राथमिकता दिँदै र्यापिड टेस्ट गरेको थियो । दार्चुलामा भएको र्यापिड टेस्टको रिपोर्ट आज (आइतबार) आउँदैछ । 

प्रदेशमा र्यापिड टेस्ट गर्नका लागि केन्द्रले पाँच हजार किट्स पठाएको थियो । र्यापिड टेस्टमा रिपोर्ट पोजिटिभ आएमा पिसिआर टेस्ट गरिने प्रदेश स्वास्थ्य निर्देशनालयले तयारी गरेको छ । 





  • प्रकाशित मिति : चैत ३०, २०७६ आइतबार ६:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया