एजेन्सी– चीनमा कोरोनाभाइरस संक्रमण भएका ९९ जना नयाँ व्यक्तिहरु भेटिएका छन् । पछिल्ला केही साता यता एकै दिनमा चीनमा कोरोनाभाइरस संक्रमित भेटिएको यो सबैभन्दा बढी हो ।
चिनियाँ स्वास्थ्यअधिकारीहरुका अनुसार चीनमा योसँगै कोरोनाभाइरस संक्रमितको संख्या ८२०५२ पुगेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म त्यहाँ भेटिएका १२८० कोरोना संक्रमित विदेशबाट आएका थिए । यसमा ४ सय ८१ जना निको भइसकेका र ७ सय ९९ जनाको उपचार भइरहेको जनाइएको छ । तीमध्ये ३६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
शनिबार ९९ जनामा कोरोनाभाइरस संक्रमण देखिए पनि यीमध्ये ९७ जना देशबाहिरबाट आएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।