कोरोना भाइरस संक्रमणबाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ संक्रमित

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १४ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यसबारे जानकारी दिएको हो । 

एनआरएनएको तथ्यांकअनुसार कोरोना संक्रमणबाट हालसम्म बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एकजना नेपालीको ज्यान गएको छ ।

संघले यसबारे अध्ययन गर्न अध्यक्ष कुमार पन्तको अध्यक्षतामा रहेको उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समिति गठन गरेको थियो । स्वास्थ्य समितिका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका ६६५ गैरआवासीय नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । 

समितिले विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघको शाखा तथा स्थानीय संघसंस्थाद्वारा संकलित सूचनाका आधारमा उक्त तथ्यांक संकलन गरेको हो । 

जसअनुसार अमेरिकामा ५००, बेलायतमा १००, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्तुगलमा आठ, अस्ट्रेलियायामा नौ, साउदी अरेबियामा चार, कुवेतमा पाँच, जापान, मलेसिया, म्यानमार र हङकङमा एक–एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । 





  • प्रकाशित मिति : चैत ३०, २०७६ आइतबार १६:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया