सभामुख, राष्ट्रियसभा अध्यक्ष र कानुनमन्त्रीबीच छलफल

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेबीच आइतबार छलफल भएको छ । 

सभामुख कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र सभामुख सापकोटाले सरकारले पछिल्लो समय कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चालेका कदमहरु सही भएको बताएका छन् । 

छलफलमा संघीय संसदले यो परिस्थितिमा केकस्ता कामहरु गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । छलफलमा दैनिक ज्यालादारी मजदूरका विषयमा सरकार अझ गम्भीर हुन पर्ने र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सरकारलाई सुझाव पनि दिइयो । 





  • प्रकाशित मिति : चैत ३०, २०७६ आइतबार १७:५३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया