पोखरा– बाग्लुङमा विदेशबाट फर्किएकाहरुको कोरोनाभाइरस संक्रमण भए÷नभएको पुष्टि गर्न ¥यापिड टेस्ट गरिएको छ । यसरी टेस्ट गरिनेमा ८ सय ५८ जना छन् । टेस्टमा ८ सय ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तर, एकजनाको रिपोर्ट पुनः परीक्षण गरिने भएको छ ।
उनको रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब लिएर पोखरा ल्याइएको हो । उनको ट्राभल हिस्ट्री पनि शंकास्पद भएकाले उनीमाथि पुनः परीक्षण गरिनु पर्ने भएको हो । अधिकारीहरुका अनुसार उनी भारतमा तीर्थयात्रा गरेर ६ चैतमा फर्किएकी थिइन् ।
६५ वर्षीया यी महिलाको रिपोर्ट शंकास्पद आएपछि उनी र उनको परिवारलाई क्वारेन्टाइनमा राखिएको छ । उनको परिवारका अन्य सदस्यको चाहिँ र्यापिड टेस्टमा रिपोर्ट नेगेटिभ आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।