वीरगन्जबाट लम्की पुगेकी ६५ वर्षीया महिलामा कोरोना पुष्टि

काठमाडौं– कैलाली जिल्लाको लम्की चुहामा बस्ने एक ६५ वर्षीय वृद्धामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पहिले र्यापिड परीक्षण गर्दा उनको परीक्षण नेगेटिभ आएको थियो । 

तर, उनलाई कोभिड १९ भएको हुनसक्ने भन्दै थप परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो । काठमाडौंमा परीक्षण गर्दा उनीमा कोरोनाभइरस संक्रमण भएको पुष्टि भएको हो । 

उनी वीरगन्ज नाकामा चिया बेच्ने काम गर्थिन् । तर, नेपालभर लकडाउन आह्वान गरिएपछि वीरगन्जबाट प्रशासनले नै उनीहरुलाई कैलाली पठाएको थियो । 

कैलालीमा लम्की बहुमुखी क्याम्पसमा उनीसँगै पुगेकालाई क्वारेन्टाइनमा राखिएको थियो । ११ दिनपछि उनको र्यापिड टेस्ट रिजल्ट नेगेटिभ आएपछि उनीलगायत त्यो क्वारेन्टाइनमा बस्ने सबैलाई घर पठाइएको थियो । 

संक्रमण नदेखिएपछि ती महिला भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् । त्यहाँ उनले अन्य मानिसहरुलाई पनि भेटघाट गरिन् । 

उनलाई कोरोनाभाइरस संक्रमणको पुष्टि भएपछि अब प्रादेशिक अस्पताल धनगढीमा राखेर उनको उपचार भइरहेको छ ।



उनलाई कोरोनाभाइरस पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १३ पुगेको छ । यसअघि एक जना कोरोनाभाइरस संक्रमण ठिक भएर फर्किइसकेका छन् । 

बाग्लुङकी अर्की एक महिलामा पनि कोरोनाभाइरस संक्रमणको आशंका गरिएको छ । उनको परीक्षणको रिजल्ट आज आउने बताइएको छ ।



  • प्रकाशित मिति : बैशाख १, २०७७ साेमबार १३:६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया