सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण सुरु

काठमाडौं– पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने व्यक्तिहरुमा परीक्षण सुरु गरिएको छ । 
उक्त अपार्टमेन्टमा करिब पाँच सय परिवार रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार फेसबुकमार्फत जानकारी गराउँदै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको जनाएको छ ।

लण्डनबाट गत चैत ४ गते काठमाडौं आई सो अपार्टमेन्टमा बसेका ८१ वर्षकी महिला र ५८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि भएका दुईजना आमा–छोरा हुन् । 

उनीहरुकै परिवारका अर्का एकजना महिला (बुहारी)को पहिलो परीक्षणमा कोभिड १९ नेगेटिभ देखिएको मन्त्रालयको भनाइ छ । सोमबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा तीनैजनामा कोरोना संक्रमण देखिएको थियो । 

त्यसपछि उपचारका लागि उनीहरुलाई पाटन अस्पताल लगिएको थियो । अहिले उनीहरुको पाटन अस्पतालमा नै उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार १४:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया