भारतमा ३ मेसम्म लकडाउन हुने

काठमाडौं– कोरोना संक्रमण फैलिन नदिनका लागि भारत सरकारले लकडाउनको अवधि तीन साता थप गरेको छ । 

जसअनुसार अब भारतमा ३ मेसम्म लकडाउन हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै मे ३ सम्मका लागि लकडाउनको घोषणा गरेका हुन् ।

सम्बोधनका क्रममा मोदीले सबैले दिएको सुझाबअनुसार लकडाउन लम्ब्याइएको बताए । उनले पहिलेभन्दा बढी सतर्कता आवश्यक रहेको उल्लेख गर्दै भने, ‘लकडाउन पालनाका लागि कठोरता बढाइनेछ । २० अप्रिलसम्म लकडाउन कति पालना भइरहेको छ, यसको लागातार मूल्यांकन गरिनेछ ।’

२१ दिने लकडाउनका क्रममा भारतीय जनताले धेरै पीडा र कष्ट सहेको बताउँदै मोदीले उनीहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनले भने, ‘जनताले लकडाउनका कारण धेरै कष्ट सहनुभएको छ । तपाईंहरुको त्यागप्रति उच्च सम्मान प्रकट गर्दछु । समयमै सजगता नअपनाइए स्थिति झन खराब हुने थियो ।’
 





  • प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार १४:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया