वैशाख १५ सम्मका लागि थपियो लकडाउन

काठमाडौं– सरकारले कोरोना भाइरस रोकथामका जारी लकडाउनको अवधि थप गरेको छ । जसअनुसार पूर्वघोषित अवधिमा १२ दिन थप गरेको छ । 

यसअघि वैशाख ३ सम्मका लागि लकडाउन थपिएकोमा त्यसलाई बढाएर १५ गतेसम्म पुर्याउने निर्णय भएको हो । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय पनि गरेको छ । 

नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये केही उपचारपछि घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ । 

मंगलबारसम्म कोरोना संक्रमणका कारण नेपालमा कसैको पनि मृत्यु भएको छैन ।





  • प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार १५:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया