अर्थमन्त्री खतिवडा सनसिटी अपार्टमेन्ट नगएको सचिवालयको स्पष्टीकरण

काठमाडौं– अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडा सनसिटी अपार्टमेन्ट नपुगेको भन्दै उनको सचिवालयले स्पष्टीकरण दिएको छ । 

सनसिटी अपार्टमेन्टमा चैत ८ गते आन्तरिक समिति गठनका लागि निर्वाचन भएको र त्यसमा निर्वाचित छोरा तिलक खतिवडालाई बधाई मन्त्री खतिवडा त्यहाँ पुगेको भन्दै सञ्चारमाध्यममा खबर छापिएको थियो ।

‘पछिल्ला समयमा उहाँले कुनै पनि सार्वजनिक कार्यक्रम तथा भेलाहरुमा समेत सहभागी हुनुभएको छैन,’ उक्र समाचारलाई खण्डन गर्दै अर्थमन्त्रीको सचिवालयले भनेको छ, ‘उहाँ निवास, सिंहदरबार र बालुवाटारमा मात्र काममा व्यस्त हुनुभएको छ ।’

मन्त्री खतिवडा आफैँमा मुटुको बिरामी भएकाले स्वास्थ्यका विषयमा निकै सजग रहेको भन्दै मन्त्री खतिवडाका प्रेस संयोजक यमप्रसाद पौडेलले निर्वाचित समितिलाई बधाई दिन गएको विषयमा कुनै सत्यता नरहेको बताएका छन् । 

खतिवडाका छोरा तिलक सनसिटीका आन्तरिक व्यवस्थापन समितिको सचिवमा निर्वाचित भएका थिए । सो पदमा निर्वाचित भएपछि उनी र मन्त्री खतिवडाबीच भेटघाट भए–नभएको बारे भने सचिवालय मौन छ ।





  • प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार १२:५७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया