भारतीय सीमामा सुरक्षाकर्मी परिचालन गरी आवत–जावतलाई कडाइका साथ रोक्न राजपाको माग

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले सरकारले वैशाख १५ गतेसम्म बढाएको लकडाउनको समय–सीमासम्बन्धी निर्णयको स्वागत गरेको छ । सो पार्टीका अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै यसलाई अझ प्रभावकारी बनाउन केही सुझाब पनि दिएका छन् । 
                              
लकडाउनमा दिनहुँ काठमाडौंबाट पैदल यात्रा गरी हजारौँको संख्यामा सर्वसाधारण नागरिक आ–आफ्नो जिल्लातर्फ गैरहेको र त्यसले विभिन्न ठाउँमा झडपको स्थिति सिर्जना भएको भन्दै सो पार्टीले यसले स्थानीयमा त्रासको अवस्था सिर्जना भएको जनाएको छ । त्यसकारण लकडाउनलाई सफल बनाउन यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्ने सुझाब दिएको छ ।

उपत्यकालगायत देशको विभिन्न भूभागमा फसेका नागरिकलाई खान बस्न गाह्रो भएको अवस्थामा सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउनुपर्ने माग गर्दै विज्ञप्तिमा यस विषयमा सरकारले बारम्बार निर्णय गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख छ । 

राजपाले छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमन तीव्र गतिमा बढिरहेकाले खुला सिमानामा अझ निगरानी बढाउनुपर्ने र सुरक्षाकर्मी परिचालन गरी आवत–जावतलाई कडाइका साथ रोक्न पनि माग गरेको छ ।

देशका विभिन्न भूभागामा संक्रमितको संख्या बढ्दै गएको तर स्वास्थ्यकर्मीले अझै पनि स्वास्थसामग्री पाउन नसकिरहेको अवस्थामा प्राथमिकताका साथ तत्काल आवश्यक सामग्री उपलब्ध गराउन सरकारलाई सो पार्टीले सुझाब दिएको छ ।
 
यो महामारीबाट जोगिन सिंगो देश एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउँदै राजपाले लकडाउनको नियम जिम्मेवारीका साथ पालना गर्न सबैलाई अपिल गरेको छ ।                 





  • प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार १३:३१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया