सनसिटी अपार्टमेन्टमा बस्ने करिब तीन सयजनाको आरडिटी टेष्टमा कोरोना नेगेटिभ

काठमाडौं– पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण भएपछि सरकारले त्यहाँ बस्ने सबैको कोरोना संक्रमण गरिरहेको छ । सोक्रममा करिब तीन सयजनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ ।

सो अपार्टमेन्टको ए ब्लकमा बस्ने सबै र अन्य ब्लकका स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको कागेश्वरी मनहोरा नगरपालिकाले जनाएको छ । 

सनसिटीमा रहेका पाँच सय १० वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।





  • प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार १५:२२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया