कैलालीमा बढ्दो बलात्कारका घटनाः एकै दिन दुई किशोरमिाथि सामुहिक बलात्कार

कैलाली– कैलालीमा मंगलबार दुई छुट्टाछुट्टै घटनामा दुई किशोरीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले मंगलबार साँझ भजनी नगरपालिकाकामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरेको छ । 

प्रहरीका अनुसार ती किशोरीमाथि गोठालो गएको बेलामा तीन युवाहरुले सामूहिक बलात्कार गरेका थिए । 

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिकाका रामकुमार चौधरी, मंगलर चौधरी र सुरेशकुमार चौधरी रहेका छन् ।

यसअघि कैलालीको गौरीगंगा नगरपालिका १ की अर्की १७ वर्षीया किशोरीमाथि पनि सामूहिक बलात्कार भएको थियो । यो घटनामा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ ।





  • प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार १९:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया