एजेन्सी– कोरोनाभाइरस संक्रमणले निकै धेरै प्रभावित भएपछि चीनका विभिन्न सहरहरुले अब विस्तारै जंगली तथा केही घरपालुवा जनावरको मासुमा प्रतिबन्ध लगाउन थालेका छन् ।
केहीअघि त्यहाँको एक सहरमा कुकुर र बिरालोको मासुमाथि प्रतिबन्ध लगाइएको बताइएको थियो । अब अर्को सहर जुहाईले पनि यस्तै प्रतिबन्ध लगाएको समाचार छ ।
यसअघि हङकङ नजिकैको सहर सेन्जेनले पनि त्यहाँ कुकुर र बिरालोको मासुमाथि प्रतिबन्ध लगाएको थियो ।
पछिल्लो समय चीनमा जनावरको मासुमाथि प्रतिबन्ध लाग्दै जाँदा पशु अधिकारका लागि काम गर्ने संघसंस्थाहरुले खुलेर यसको स्वागत गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।