३० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले विकास ऋणपत्र २०८० ‘घ’ बिक्री गर्न लागेको हो । 

उक्त ऋणपत्र खरिद गर्न चाहनेले वैशाख ७ गते आइतबार ३ बजेभित्र बोलकबोल पेस गर्नुपर्ने र वैशाख ८ गते निष्कासन हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सक्नेछन् । सो ऋणको अवधि तीन वर्ष रहने नेपाल राष्ट्र बैंकअन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ । 

ऋणपत्रको सावा भुक्तानी २०८० वैशाख ८ गतेभित्र हुनेछ । ऋणपत्रको ब्याजदर पनि बोलकबोलबाटै निर्धारण हुनेछ । 

सो ऋणपत्र धितो राखेर बैंकबाट कर्जा लिन पनि सकिनेछ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी गर्नुपर्नेछ भने ब्याजमा ब्याज कर लाग्ने छैन । 

उक्त ऋणपत्रको नेप्सेमा दोस्रो बजार कारोबारसमेत हुने राष्ट्र बैैंकले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार १४:४३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया