खाने तेलको मूल्यमा २० रुपैयाँ बढ्यो

काठमाडौं– खानेतेलको मूल्य लिटरमा १० देखि २० रुपैयाँसम्म बढेको खुद्रा विक्रेताहरूले बताएका छन् । लकडाउनका कारण समस्यामा परेका सर्वसाधारण यसबाट आहत बनेका छन् ।

खुद्रा व्यापारीले भने फ्याक्ट्रीबाटै मूल्य बढेर आएको बताएका छन् । तर, तेल उद्योगहरूले चाहिँ ढुवानी खर्चमा भएको वृद्धिका कारण तेलको मूल्य बढाउनुपरेको बताएका छन् ।  

यसअघि सनफ्लावर तेलको एक कार्टुनको मूल्य १४ सय ५० रुपैयाँ थियो । तर, अहिले उक्त तेलको मूल्य एक लिटरमा १० देखि १५ रुपैयाँ बढेर आएको खुद्रा व्यारीले बताएका छन् । चैत्र १० सम्म एक सय ५० रुपैयाँमा बिक्री गरेको तेलको मूल्य अहिले एक सय ७० रुपैयाँ पर्ने गरेको उनीहरुको भनाइ छ । 

तोरी र सोयाबिनको तेलमा पनि मूल्यवृद्धि भएको छ । लकडाउन सुरु हुनुअघि एक सय ४५ रुपैयाँ लिटरमा पाइने तेलको होलसेल मूल्य अहिले एक सय ६० रुपैयाँ पुर्‍याइएको छ । तोरीको तेलमा पनि प्रतिलिटर १५ रुपैयाँ मूल्य बढेको छ । 

प्रतिलिटर दुई सय १० रुपैयाँमा पाइने तेलको अहिले होलसेलले दुई सय २५ रुपैयाँ पुर्‍याएको व्यापारीको भनाइ छ । 





  • प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार १५:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया