काठमाडौंं– कोरोना संक्रमणको आशंका गरिएका उदयपुरका १२ जना र चितवनका दुईजनामा कोरोना पुष्टि भएको छ ।
जसअनुसार नेपालमा एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमणको आशंका भएपछि उनीहरुको स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकुमा ल्याइएको थियो । प्रयोगशालाले उनीहरुमा कोरोना पुष्टि गरेको हो ।
उदयपुरमा रहेका १२ मध्ये आठजना भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।