नेपालकी दोस्रो कोरोनाभाइरस संक्रमित युवती निको भएर फर्किइन्

काठमाडौं– नेपालमा १० चैतमा कोरोनाभाइरस संक्रमण देखिएकी युवती निको भएर घर फर्किएकी छिन् । उनलाई शनिबार दिउँसो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज गरिएको हो । 

शुक्रबार र शनिबार दुई पटक गरिएका कोरोनाभाइरस परीक्षणमा उनको शरीरमा कोरोनाभाइरस नदेखिएपछि अस्पतालले डिस्चार्ज गरेको जनाएको छ ।

उनले पनि सन्चारमाध्यमका लागि प्रतिक्रिया दिँदै आफू पूर्णरुपमा ठिक भएको बताएकी छिन् । १० चैतमा उनलाई कोरोनाभाइरस संक्रमण पुष्टि हुँदा नेपालमा त्यसअघि एकजना मात्र कोरोनाभाइरस संक्रमित थिए । 

‘सेल्फ आइसोलेसन र डिसिप्लिन एकदमै महत्वपूर्ण हो,’ डिस्चार्ज भएपछि १९ वर्षकी यी युवतीले भनेकी छिन्, ‘मलाई कुनै लक्षण देखिएको थिएन, टेस्ट गरिहालौँ भनेर म अस्पताल आएकी थिएँ ।’

उनले आफ्नो उपचार गर्ने सबै चिकित्सकहरुलाई पनि धन्यवाद दिएकी छिन् ।

काठमाडौं घर भएकी यी युवती ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।



उनीसँगै काठमाडौं आउँदा भियतनामकी उनकी साथीमा पनि कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपछि उनी परीक्षणका लागि अस्पताल गएकी थिइन् ।

‘अस्पताल भर्ना भएको एक दुई दिनपछि मात्र केही लक्षणहरु देखिएको थियो,’ उनले भनेकी छिन्, ‘म सेल्फ आइसोलेसनमा बसेकाले मबाट यो भाइरस अरुमा फैलिन पाएन । अहिले धेरै मानिसहरुलाई म आइसोलेसनमा बस्न चाहन्छु ।’ उनले सरकारलाई पनि अरु व्यक्तिहरुलाई पनि आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन अनुरोध गरेकी छिन् ।’



  • प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार १६:३४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया