जनकपुरमा सडकमा पैसा फाल्ने महिलामा ‘कोरोनाभाइरस संक्रमण’ देखियो

जनकपुर– जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएका दुई महिलामध्ये एकजनामा कोरोनाभाइरस संक्रमण भएको देखिएको छ । 

उनीहरुको र्‍यापिड टेस्टमा कोरोनाभाइरस संक्रमण भएको देखिएको हो । अब दुवैको पिसिआर विधिबाट परीक्षण गर्ने तयारी गरिएको छ । 

कोरोनाभाइरसले विश्वभर र नेपालमा पनि कहर मच्चाइरहँदा यी दुई महिलाले जनकपुरका विभिन्न ठाउँमा पैसा फाल्दै हिँडेका थिए । केही दिनअघि भारतका विभिन्न राज्यमा पनि सडकमा पैसा फाल्नेहरु देखिएका थिए । त्यहाँ त्यसरी सडकमा भेटिएका विभिन्न नोटहरुलाई प्रहरीले डिस्पोज गरेको थियो ।

यता, जनकपुरको महावीर चोकमा १० र सयका विभिन्न नोट फाल्ने यी दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पछि यसरी पैसा फाल्ने दुई महिला नन्द र भाउजू भएको र जनकपुर ७ का आमुना खातुन र अलिना खातुन रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार दिउँसो त्यहाँको मस्जिद पछाडि लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ गरेलगतै दुबै जनालाई कोरोनाभाइरस संक्रमणको परीक्षण गर्न प्रादेशिक अस्पताल पठाइएको थियो । यो परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उनीहरुले कोरोनाभाइरस संक्रमण फैलाउने उद्देश्यले पैसा फाल्दै हिँडेको भन्दै स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले ती पैसामा कोरोनाभाइरस रहे या नरहेको जाँच गर्नका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । 





  • प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार १८:४८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया