आफ्नो नाम गिनिजबुकमा लेखिनुपर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आफ्नो नाम गिनिजबुकमा लेखिनुपर्ने दाबी गरेका छन् । आफू बिरामी अवस्थामा पनि देश र जनताको लागि १८ घण्टा खटेको उल्लेख गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  

संसारमा दुईपटक सम्म मिर्गौला प्रत्यारोपण गरेर शासन सत्ता चलाउने कोही व्यक्ति नभएको भन्दै उनले आफ्नो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्दा फरक नपर्ने बताए । 

शनिबार सरकारी सञ्चारमाध्यमका सम्पादकहरुलाई संयुक्त अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएको खबर छ । यद्यपि, उनले आफू देश र जनताको लागि खटेकोले यो वेला कसैको मूल्यांकन र जस लिन भने नखोजेको बताएका थिए ।

‘मैले केही पनि मागेर हिँडेको त छैन, विभिन्न देशले विभिन्न सम्मान र मानार्थ उपाधीहरु दिएका छन्,’ प्रधानमन्त्रीले भने, ‘वास्तवमा मैले पाउनुपर्ने त गिनिज बुकमा नाम हो । 

प्रधानमन्त्री ओलीले यसबारेमा आफूले गुगल सर्च गरेको पनि बताएका छन् । 





  • प्रकाशित मिति : बैशाख ७, २०७७ आइतबार १५:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया