कन्चनपुर– कोरोनाभाइरस संक्रमण रोकथामका लागि जारी लकडाउनमा पनि अब कन्चनपुरमा विवाहमा छुट दिने भइएको छ । तर, यस्ता विवाहमा पाँच जनाभन्दा बढी सहभागी हुन पाउने छैनन् ।
आइतबार एक सूचना जारी गर्दै प्रशासनले विवाह गर्न दिने जनाएको हो । सूचनामा नै विवाहमा पाँच जनामात्र सहभागी हुन पाउने उल्लेख गरिएको छ ।
प्रशासनले जारी गरेको सूचनामा लेखिएको छ, ‘विवाह प्रयोजनमा अधिकतम पाँच जना उपस्थित भई सामाजिक दुरी लगायत कोभिड(१९ को जोखिम न्यूनीकरणका उपाय अवलम्वन गरेर विवाह कार्य सम्पन्न गर्नुहुन स्पष्ट पारिन्छ ।’
विवाहका लागि विभिन्न व्यक्तिहरुले पास माग्ने क्रम बढेपछि कन्चनपुरमा यस्तो नियम ल्याइएको हो । अनि विवाहमा प्रयोग हुने गाडीका लागि पास पनि नचाहिने कन्चनपुर प्रशासनले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।