सेनाले चीनबाट ३४० टन स्वास्थ्य सामग्री ल्याउने

काठमाडौं– नेपाली सेनाले चीनबाट ३ सय ४० टन स्वास्थ्यसामाग्री तथा औषधी खरिद गर्ने भएको छ । सेनाले जिटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्न लागेको हो ।

यसका लागि नेपाली सेनाले आइतबार दिउँसो चिनियाँ दूतावासमार्फत् सम्झौता पत्र हस्ताक्षर गर्दै चीनमा पठाएको छ । सम्झौतामा चिनियाँ पक्षको हस्ताक्षर हुन बाँकी छ । 

यी सामान ल्याउनका लागि सोमबार रकम पठाउने तयारी सेनाले गरेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कसरी पैसा पठाउने भन्नेबारे निक्र्योल नभइसकेको बताएका छन् ।

ओम्नी समूहसँग भएको सम्झौता रद्द भएपछि सरकारले नेपाली सेनालाई चीनबाट औषधी र स्वास्थ्य सामग्री ल्याउने जिम्मेवारी दिएको हो । तर, सरकारले अहिलेसम्म सेनालाई बजेट सिलिङ भने दिएको छैन ।

अब सेनाले यसबारे सरकारसँग छलफल गर्ने भएको छ । चीनको गोन्जाओबाट सेनाले पिपिई, मास्क तथा अन्य औषधी ल्याउने तयारी गरेको हो ।

आइतबार सम्झौता पत्रमा सेनाले गरेको हस्ताक्षरअनुसार अब चीनबाट ३ सय ४० टन सामान सेनाले ल्याउने भएको हो । तर, यो सबै सामान एकै चरणमा भने आउने छैन । यसलाई विभिन्न चरणमा ल्याउने सेनाले बताएको छ ।



सेनाले ल्याउनेबाहेक केही सामानहरु ल्याउन सरकारले यसअघि तीन कम्पनीलाई जिम्मेवारी दिइसकेको छ । सम्झौताअनुसार केही सामान नेपाल आइपपुगेको पनि छ ।

नेपाली सेनाले चीनबाट सामग्रीसँगै भारतबाट पनि औषधी ल्याउने प्रक्रियालाई अगाडि बढाइसकेको छ ।



  • प्रकाशित मिति : बैशाख ७, २०७७ आइतबार २१:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया