अमेरिकाले ४ सय कोरोनाभाइरस संक्रमितमा मलेरियाको औषधी ट्रायल गर्ने

एजेन्सी– स्विस औषधी कम्पनी नोवार्टिस तथा अ‍ेमरिकाबीच अहिले कोरोनाभाइरस संक्रमितमा मलेरियाको औषधी हाइड्रोक्सिक्लोरोक्विन परीक्षण गर्ने सम्झौता भएको छ । औषधी कम्पनीले दिएको यो जानकारीअनुसार अब अमेरिकामा कोरोनाभाइरस संक्रमितमाथि यो औषधी परीक्षण गरिँदै छ ।

अहिले कोभिड १९ संक्रमित ४ सय ४० अमेरिकी नागरिकमाथि यो औषधी परीक्षण गरिने तयारी भएको औषधी कम्पनीले जनाएको छ । औषधी सबै अमेरिकी नागरिकमाथि परीक्षण गरिँदै छ ।

हाइड्रोक्सिक्लोरोक्विन यसअघि मलेरियाको उपचारका लागि वर्षौअघिदेखि उपयोग हुँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधी परीक्षण गर्न अनुमति दिइसकेका छन् । अहिलेसम्म यो औषधीबारे बारम्बार अमेरिकी राष्ट्रपति ट्रम्पले बताउँदै आए पनि यो औषधीको प्रयोगकले कोरोनाभाइरसलाई ठिक हुने वा नहुने विषयमा केही प्रमाण भेटिएको छैन । तर, ट्रम्पले बारम्बार यो औषधी प्रयोग गर्न अभिव्यक्ति दिइरहेका छन् । 

केहीअघि अमेरिकामा कोरोनाभाइरस संक्रमणको प्रकोप सुरु हुँदै गर्दा पनि ट्रम्पले यो औषधी आफूहरुलाई दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गरेका थिए ।

नोवार्टिसले चाहिँ ४ सय अमेरिकी नागरिकमा यो औषधी परीक्षण गरेपछि मात्र हाइड्रोक्सिक्लोरोक्विनले कोरोनाभाइरसलाई ठिक हुने वा नहुनेबारे आफूहरुले जानकारी दिने बताएको छ ।



त्यसो त विश्वभरका वैज्ञानिकहरुले कोरोनाभाइसविरुद्धको भ्याक्सिन बनाउन अनुसन्धान गरिरहेका छन् । तर, अहिलेसम्म यसबारे कुनै प्रगति हुन सकेको छैन ।



  • प्रकाशित मिति : बैशाख ८, २०७७ साेमबार १४:१७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया