‘अध्यादेश अल्पकालीन कुटिर उद्योग’

काठमाडौं– सोमबार बसको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजनसम्बन्धी विद्यमान कानुन परिवर्तन गर्न नयाँ अध्यादेश ल्याएपछि यसबारे विभिन्न प्रतिक्रिया सामाजिक सन्जालमा देखिन थालेको छ ।

सामाजिक सन्जालमा नेकपाका कार्यकर्ता तथा समर्थकमात्र होइन, अन्यले पनि यो अध्यादेशबारे विभिन्न तर्क राखिरहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले यो नेपाल कम्युनिस्ट पार्टी लक्षित अध्यादेश नभएको पनि बताएको नेकपाका नेताहरुले बोलाएका छन् । तर, नेकपामा पूर्वमाओवादी नेताहरु अहिले ल्याइएको यो अध्यादेशबाट रुष्ट बनेका छन् । 

यहीबीच लेखक तथा पत्रकार विजयकुमार पाण्डेले चाहिँ यो अध्यादेश अल्पकालीन कुटिर उद्योग भएको बताएका छन् । 

उनले सरकारले पछिल्ला अनियमितता छल्नका लागि यो अध्यादेश ल्याएको समेत आरोप लगाएका छन् । सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै विजयकुमार पाण्डेले लेखेका छन्, ‘पछिल्ला अनियमितता र घटनाक्रमबाट ध्यान अन्तै सार्न गरिएको यो अल्पकालीन कुटिर उद्योग हो । आज प्रर्दशित यो ड्रामाको स्क्रिप्ट नेकपा शिर्षतम नेताहरुलाई पहिले नै थाहा थियो ।’





  • प्रकाशित मिति : बैशाख ८, २०७७ साेमबार १८:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया