लकडाउनमा के गरिरहेका छन् साहरुख खान ?

कोरोना कहरका कारण विश्वका विभिन्न देशमा अहिले पनि लकडाउन छ । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्दै धेरैले आफूलाई घरमा नै सिमित राखेका छन् । 
बलिउड कलाकारहरु पनि यसका अपवाद पक्कै होइनन् । केही दिनअघि मात्र सलमान खानले एक भिडियो जारी गर्दै उनले लकडाउनका नियम पालना गरेको बताएका थिए । 

अब बलिउडकै अर्का खान अर्थात् साहरुख खानले पनि आफ्नो लकडाउन डायरी सार्वजनिक गरेका छन् । तर, यो उनको डायरी उनले सामाजिक सन्जालमा आफ्ना प्रशंसकले सोधेका प्रश्नको जवाफ दिँदै सार्वजनिक गरेका हुन् । उनले ट्विटरमा आस्कएसआरके ह्यान्डलमा अनेक प्रश्नहरुको सार्वजनिक गरिरहेका छन् । 

लकडाउनमा साहरुख कसरी समय बिताइरहेका छन् ? 

यो प्रश्नको जवाफमा साहरुख खानले भनेका छन्, ‘जनसंख्यामा आफ्नो योगदान दिएका कारण तीन बच्चाहरुसँग हुनु निकै रमाइलो हो । ती पनि अलगअलग उमेरका बच्चाहरुसँग । त्यसैले मैले केही घन्टा यी बच्चाहरुसँग समय बिताइरहेको छु । बाँकी समय त उनीहरुको खेलौना सफा गरिरहेको छु ।’

उनले यही सेसनमा आफूले यो कोरोनाभाइरस छिटो सकियोस् भन्ने कामना गरेको पनि बताएका छन् ।

तर, यो छलफलमा पनि साहरुखले आफूले प्रधानमन्त्री नरेन्द्र मोदीले बनाएको कोरोना कोषमा कति दिएको भन्नेबारे केही बताएका छैनन् ।





  • प्रकाशित मिति : बैशाख ८, २०७७ साेमबार १९:३६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया