इतिहासमै पहिलो पटक कच्चा तेलको मूल्य शून्यभन्दा कम

एजेन्सी– अमेरिकी कच्चा तेलको मूल्य इतिहासमै पहिलो पटक नकारात्मक भएको छ । अर्थात्, अब कच्चा तेल उत्पदकहरुले ग्राहकहरुलाई पैसा नै दिएर तेल किनिदिन अनुरोध गर्न थालेका छन् । यस्तो यसअघि कहिल्यै भएको थिएन ।

मे महिनामा कच्चा तेल भण्डारण अभाव हुने भन्दै अहिले तेलको मूल्य शून्यभन्दा कम भएको हो ।

विश्वभर कोरोनाभाइरस संक्रमण रोकथामका लागि लगाइएको लकडाउनका कारण अहिले तेलको माग ह्वात्तै घटेको छ । यसका कारण बढी भएको उत्पादन भण्डारणका लागि अमेरिकामा नयाँ स्टोरेजहरु भाडामा लिन थालिएको छ । अनि इतिहासमा नै पहिलो पटक तेलको मूल्य नेगेटिभ भएको छ । 

वेस्ट टेक्सस इन्टरमेडियट, जुन अमेरिकी तेलका लागि बेन्चमार्क हो, ले एक ब्यारेल तेलको मूल्य माइनस ३७.६३ डलर तोकेको बताएको छ । अर्थात् उसले एक ब्यारेल तेल किनिदिनेलाई ३७ डलर उल्टै तिर्न थालेको छ ।






  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया