एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक ट्विट गर्दै कोरोनाभाइरस महामारीका कारण अमेरिकामा बस्ने आप्रवासीमाथि प्रतिबन्ध लगाउने निर्णय ल्याउने र त्यसमा आफूले हस्ताक्षर गर्ने बताएका छन् ।
ट्रम्पले यो फैसला कोरोनाभाइरस संकटका कारण गर्न परेको बताएका छन् ।
उनले आफ्नो ट्विटमा लेखेका छन्, ‘अदृश्य दुश्मनको आक्रमणलाई मध्यनजर गर्दै ग्रेट अमेरिकी नागरिकको रोजगारी बचाउनका लागि अमेरिकामा आप्रवासीमाथि लगाउने प्रतिबन्धका लागि तत्कालिक आदेशमा म हस्ताक्षर गर्नेछु ।’
तर, यो निर्णयलाई कसरी कार्यान्वयनमा ल्याइन्छ भन्ने अहिलेसम्म कुनै स्पष्ट छैन ।
In light of the attack from the Invisible Enemy, as well as the need to protect the jobs of our GREAT American Citizens, I will be signing an Executive Order to temporarily suspend immigration into the United States!
— Donald J. Trump (@realDonaldTrump) April 21, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।