कुहिएकाे चामल राहतमा बाँडेकाे आराेपमा कलैयाका मेयर पक्राउ

कैलाली– लकडाउनका कारण समस्यमा परेका विपन्नलाई कुहिएकाे चामल नै राहतस्वरुप बाँडेकाे आराेपमा बारा जिल्लाकाे कलैया नगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । 

उनलाई मंगलबार प्रहरीले पक्राउ गरेकाे हाे । केही स्थानीयले उनीविरुद्ध उजुरी दिएका थिए ।

मंगलबार दिउँसाे जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले उनलाई पक्राउ गरेकाे हाे । 

उनले कुहिएकाे चामल, किरा परेकाे दाललगायतका उपभाेग्य वस्तु राहत भन्दै वितरण गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएकाे छ ।

प्रहरीले उनीसँग साेधपुछ गरेर थप अगाडि बढ्ने जनाएकाे छ ।





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १४:२५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया