काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले भखैरै ल्याएको दुई अध्यादेश लोकतन्त्र र संविधानको मर्म प्रतिकूल भएको बताएका छन् । मंगलबार विज्ञप्ति प्रकाशन गर्दै उनले अध्यक्ष यादवले सत्ता–शक्ति र आर्थिक चलखेलको आडमा पार्टी फुटाउने षड्यन्त्रसहित सो अध्यादेश ल्याइएको आरोप लगाएका हुन् ।
अध्यादेशले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने दाबी गर्दै अध्यक्ष यादवले देश र जनताको हितविरुद्ध रहेको उक्त विधेयकलाई सरकारले फिर्ता लिनुपर्ने माग गरेका छन् ।
‘यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने पक्का छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सिंगो मुलुकलाई नै द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने निश्चित छ ।’
कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्नुपर्ने वेलामा लोकतन्त्र र राष्ट्रिय हितविपरीत सरकारले चालेको गैरलोकतान्त्रिक कदमविरुद्ध एकताबद्ध हुन समाजवादी पार्टीले आमजनसमुदाय तथा लोकतान्त्रिक शक्तिहरुसँग अपिल गरेको छ ।
त्यस्तै अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने वेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण भएको बताएक छन् ।
सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो।जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो।देश थप संकटमा फस्दैछ!लोकतन्त्रका हत्यारादेखि सावधान!
— Baburam Bhattarai (@brb1954) April 20, 2020
ट्विटरमार्फ आक्रोश पोख्दै उनले लेखेका छन्– जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्रविरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।