थपिए एक जना कोरोना संक्रमित, नेपालमा ३२ जना पुगे

काठमाडौं– नेपालमा थप एक जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले उदयपुरमा एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको हो । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२ पुगेको छ । ३२ जनामध्ये चार जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । 

पछिल्लो समय उदयपुरमा थपिएका यी एक जना भुल्केमा रहेको मस्जिदमा लुकेर बसेका १३ जनाको सम्पर्कमा आएका व्यक्ति हुन् । यी १३ जनामा गत शुक्रबार नै कोरोनाभाइरस संक्रमण भएको पुष्टि भइसकेको छ ।

उदयपुरमा नै अन्य ८ जनामा कोरोनाभाइरस संक्रमण भएको आशंका गरिएको छ । विराटनगरमा पिसिआर परीक्षण गर्दा उनीहरुमा कोरोनाभाइरस रहेको पुष्टि भएको छ । तर, थप परीक्षण गर्नका लागि उनीहरुको स्वाब धरान पठाइएको छ ।





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १६:४३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया