कोरोना कहरः अष्ट्रेलियाको भर्जिन एयरलाइन्स टाट पल्टियो

एजेन्सी– कोरोनाभाइरसका कारण अहिले विश्वको अर्थतन्त्रमा पनि ठूलो क्षति देखिन थालिसकेको छ । यहीबीच अष्ट्रेलियाको २० वर्ष पुरानो र दोस्रो ठूलो विमान कम्पनी भर्जिन एयरलाइन्स पनि टाट पल्टिएको छ । 

आथिर्क रुपमा टाट पल्टिएपछि यो कम्पनीको व्यवस्थापन अहिलेका लागि डेलोइट्लाई सुम्पिएको छ । मंगलबार यसको व्यवस्थापन सुम्पिइएको हो । 

सन् २००० मा स्थापना भएको यो एयरलाइन्स कम्पनीका अधिकांश उडान केहीअघि देखि नै रोकिएका थिए ।

कम्पनीले उडानहरु रोकेपछि अष्ट्रेलियाली सरकारसँग १.४ बिलियन डलर ऋण मागेको थियो । तर, अष्ट्रेलियाली सरकारले उसलाई ऋण दिन नसक्ने जवाफ दियो । अनि कम्पनीको व्यवस्थापन अस्थायी रुपमा अर्कै कम्पनीलाई दिइएको हो । 

कम्पनी टाट पल्टिएसँगै कम्पनीमा कार्यरत झन्डै १० हजार कर्मचारी बेरोजगार बनेका छन् । सन्चारमाध्यमहरुका अनुसार अस्थायी व्यवस्थापनको जिम्मेवारी पाएको डेलोइट्सले चाहिँ अहिले कुनै पनि कर्मचारीलाई कामबाट ननिकालेको जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार ०:२३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया