कोरोना जितेर घर फर्किएका धनगढीका युवा भन्छन्– विहान सात पटक हनुमान चालिसा पढ्थेँ

धनगढी– नेपालमा चौथों कोरोनाभाइरस संक्रमितका रुपमा भेटिएका धनगढीका युवा सुदूरपश्चिममा कोरोना संक्रमित भएका पहिलो व्यक्ति भएका थिए । 

अब उनी कोरोनालाई जित्ने नेपालका पाँचौ व्यक्ति भएका छन् । धनगढीका अमृत शाहीको लगातार दुई रिपोर्टमा कोरोनाभाइरस नेगेटिभ आएपछि उनलाई मंगलबार दिउँसो अस्पतालले डिस्चार्ज गरेको हो । 

उनी २८ दिनसम्म अस्पतालमा रहेका थिए । २९ औं दिनमा अस्पतालबाट फर्किएका अमृतले आइसोलेसनमा रहँदाका आफ्ना अनुभव पनि सुनाएका छन् ।

उनले कोरोनालाई जित्न सबैभन्दा बढी आवश्यक भएको कुरा चाहिँ मन खुसी राख्नु र आत्मबल बढाउनु भएको बताएका छन् । अनि इम्युनिटी पावर पनि बढाउन आफूले ध्यान दिएको बताएका छन् ।

‘कोरोनाको औषधी नै ईम्युनिटी र आत्मवल बढाउनु रहेछ,’ अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले भनेका छन् । उनले आफू अस्पतालमा बस्दा पनि यही कुरामा ध्यान दिने गरेको बताएका छन् । 

अनि उनले भनेका छन्, ‘म विहान योगाभ्यास पनि गर्ने गर्थेँ ।’



यतिमात्र होइन, अमृतले प्रत्येक दिन विहान ७ पटक हनुमान चालिसा पढ्ने पनि बताएका छन् । ‘हनुमान चालिसा पढ्दा मलाई मनमा खुसी हुन्थ्यो, आत्मबल बढेको जस्तो महसुस हुन्थ्यो,’ उनले भनेका छन् । 

अनि उनी अस्पतालमा दिउँसोको समयमा चाहिँ नाचेर बस्ने रहेछन् । 



‘डान्स गर्दा म बिरामी छु भन्ने  याद हुन्थेन र मन खुसि हुन्थ्यो,’ उनले भनेका छन् ।

५ बर्षअघि दुबईको एक कम्पनीमा काम गर्न गएका अमृत ७ चैतमा दिल्ली हुँदै काठमाडौं आएका थिए । ८ चैतमा उनी काठमाडौंबाट नेपालगन्ज हुँदै धनगढी पुगेका थिए । 

ज्वरो र रुघाखोकी देखिएपछि उनी ११ चैतमा अस्पतालमा पुगेका थिए । अस्पतालमा उनको ट्राभल हिस्ट्रीलाई ध्यान दिँदै आइसोलेसनमा राखिएको थियो । १४ चैतमा उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । 

  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार १:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया