काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना, दर्जन घाइते

काठमाडौं– काठमाडौंबाट सर्वसाधारण बोकेर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका छन् ।

काठमाडौंमा अलपत्र परेका मजदुर बोकेर दोलखाका लागि गुडेको बा२ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो ।

दुर्घटनाको कारण अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय, रामेछापले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ३को अवस्था गम्भीर छ । 

सो बसमा ३९ जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार ९:३८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया