कोरोना परीक्षण स्याम्पल बोकेको विश्व स्वास्थ्य संगठनको गाडीमाथि आक्रमण, ड्राइभरको मृत्यु

म्यानमार– म्यानमारको रखाइन राज्यको मिन्ब्यामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाडीमाथि आक्रमण भएको छ । कोरोनाभाइरसको परीक्षण स्याम्पल बोकेको गाडीमाथि अज्ञात समूहले अन्धाधुन्द गोली प्रहार गरेको हो । 

आक्रमणमा परेर गाडीका ड्राइभरको मृत्यु भएको र एक सरकारी अधिकारी गम्भीर घाइते भएको सिएनएनले जनाएको छ । उक्त आक्रमणमा २९ वर्षीय प्ये सोने विन माउङको निधन भएको हो । 

डब्लुएचओले सो आक्रमणको भत्सर्ना गरेको छ । डब्लुएचओकी दक्षिणपूर्वी एसिया निर्देशक पुनम खेत्रापाल सिंहले स्वास्थ्यकर्मीमाथि हुने सबैखाले हिंसाको निन्दा गरेकी हुन् । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सो घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार १०:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया