विज्ञ भन्छन्— अमेरिकामा काेराेनाभाइरसकाे दाेस्राे चरण थप भयावह हुन्छ

वासिङ्टन — रोगसम्बन्धी एक वरिष्ठ विज्ञले अमेरिकामा कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो चरण संक्रमणको चेतावनी दिएका छन् । 

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का प्रमुखसमेत रहेका स्वास्थ्य विज्ञ रोबर्ट रेडफिल्डले दोस्रो चरणको संक्रमण फ्लु सिजन सुरु हुने समयसँगै मिल्ने हुँदा अमेरिकाको वर्तमान अवस्थाभन्दा झनै खराब हुनसक्ने रस्थिति भयावह हुने चेतावनी दिएका हुन् ।

‘हाम्रो देशमा आउँदो हिउँदमा भाइरसको आक्रमण अहिलेकोभन्दा अझै बढी हुने सम्भावना छ,’ रेडफिल्डले ‘द वासिङ्टन पोस्ट’ सँग बताएका छन् ।

उनले कोरोना भाइरस र फ्लूजस्ता श्वासप्रश्वाससम्बन्धी संक्रमण एकैसाथ फैलनाले अमेरिकाको स्वास्थ्य प्रणालीमा अकल्पनीय तनाव उत्पन्न हुनसक्नेतर्फ पनि औंल्याएका छन् ।

अमेरिकाका कैयौं राज्यले कोभिड–१९ का कारण सञ्चालनमा नरहेका आर्थिक गतिविधि पुनः सुचारु गर्ने तयारी गरिरहेकै बेला वरिष्ठ स्वास्थ्यविज्ञ रेडफिल्डको चेतावनी आएको हो । उनले सबैलाई आउँदा केही महिना सचेत रहन र सामाजिक दूरीलाई निरन्तरता दिन आग्रह पनि गरेका छन् ।

 



 

 



  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार १४:३६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया