लकडाउन तत्काल नहट्ने पर्यटनमन्त्रीकाे संकेत
फाइल तस्वीर ।

ताप्लेजुङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालमा लकडाउन तत्काल अन्त्य नहुने संकेत गरेका छन् । 

गृह जिल्ला ताप्लेजुङका सञ्चारकर्मीसंग बुधबार बिहान भिडियो कन्फरेन्समार्फत सम्बाद गर्दै मन्त्री भट्टराईले कोरोना नियन्त्रणका लागि नेपालको मात्र परिस्थति भरपुर नहुने भएकोले सीमावर्ती छिमेकी मुलुक भारत र चीनको अवस्थाले समेत लकडाउनको निरन्तरतामा भूमिका खेल्ने प्रष्ट्याए ।

‘सीमावर्ती देश बिशेष गरी भारतमा चित्तबुझ्दो ढंगले कोरोना नियन्त्रण तथा व्यवस्थापन नभईञ्जेलसम्म तत्काल पूरापूर लकडाउन खुल्ने र सीमा नाकामा आवतजावत सुरु हुने अवस्था छैन,’ मन्त्री भट्टराईले भिडिओमा भनेका छन् ।

कोरोनाले विश्वभर नै प्रभाव बनाइरहेकाेमा यसबिरुद्धको मुख्य जीत नै लकडाउनबाट प्राप्त हुने भएकोले यसकार्यमा देशका सबै नागरिकको साथ र सहयोग रहेको उनले बताएका छन् । नेपालमा कोरोनाबाट कसैको ज्यान नदिने अवस्थाको सृजनाका लागि सरकारको अधिकतम् प्रयास र पहल जारी रहेको मन्त्री भट्टराईले बताए ।

कोरोना संक्रमणका कारण नेपालमा कसैको ज्यान नगुमोस् र थप नफैलियोस् भन्ने सरकारको चाहनालाई पूरा गर्ने सबैभन्दा उत्तम बिधि लकडाउन भएकोले यसको पूर्ण पालनाका लागि उनले आग्रह पनि गरेका छन् । 

‘हामी एकजनाको मृत्युवरण बेगर कोरोनालाई जितेर बिश्वका अघि नेपाल साँच्चै आत्मबिश्वासी र साहसी भएको देखाउन चाहन्छौं’भट्टराईले भने ।





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार १५:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया