नेपालमा थपिए ३ कोरोनाभाइरस संक्रमित, ७ जना निको भए

काठमाडौं– नेपालमा थप तीन जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थपिएका तीन जना पनि उदयपुरको भुल्केका रहेको बताएका छन् । उनका अनुसार आज भेटिएका नयाँ संक्रमित २४, ६० र ७२ वर्षका हुन् ।

उनीहरु पनि यसअघि मस्जिदमा भेटिएका कोरोनाभाइरस संक्रमितजस्तै जमाती समूहका सदस्य भएको पनि बताइएको छ ।

यसअघि गत शुक्रबार पनि त्यही मस्जिदबाट अन्य १२ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यहाँ अर्का एक व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको थियो ।

आज थप तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ ।

अर्कोतिर, नेपालमा सात जना संक्रमित निको भएका छन् । आज मात्रै दुई जनाले कोरोनाभाइरसलाई जितेर घर फर्किएका हुन् ।



टेकुस्थित अस्पतालमा उपचार गराइरहेका ३४ वर्षीय युवा, सेती अस्पतालमा कन्चनपुरका ४० वर्षका युवा निको भएर फर्किएका हुन् ।

योसँगै सुदूरपश्चिमका चार संक्रमितमध्ये एक जना मात्र उपचाररत छन् । यी महिलामा कोरोनाभाइरस संक्रमण हुँदा नेपालमा पहिलो पटक कम्युनिटी ट्रान्समिसन भएको थियो । उनको अवस्था पनि सामान्य रहेको बताइएको छ ।



 

 

  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार १८:४१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया