काठमाडौं– कोभिड १९ विरुद्ध लड्न भारतले नेपाल सरकारालई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले यी औषधी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बुधबार हस्तान्तरण गरेका छन् । भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार यसरी दिइएको औषधीमा पारासिटामोलको ३।२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २।५ लाख डोज गरी कुल ८।२५ लाख डोज छन् ।
यस पहलले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाउने राजदूतावासले जनाएको छ ।
भारतको सहयोगलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत भारतका समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।