पूर्वसचिव भीम उपाध्याय पक्राउ

काठमाडौं– पूर्वसचिव भीम उपाध्यायालाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले फरकधारलाई जानकारी दिएको छ । 

उपाध्यायालाई साइबर क्राइमसम्बन्धी उजुरी परेपछि पक्राउ गरिएको हो । उनलाई सोह्रखुट्टे प्रहरीको हिरासतमा राखिएको छ । 

यसअघि पनि सामाजिक सन्जाल ट्विटमा विभिन्न विषयमा कडा शब्दमा टिप्पणी गरिरहेका भीम उपाध्यायले पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी र सरकारको चर्को आलोचना गर्न थालेका थिए ।





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार २२:३०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया