काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता घोषणा भएको छ । बुधबार भएको संयुक्त बैठकले यस्तो घोषणा गरेका हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न खुकुलो हुने अध्यादेश ल्याएपछि निकै तीव्र गतिमा यी दुई पार्टीको एकीकरण घोषणा भएको हो ।
नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने निर्णय भएको छ ।
पार्टी एकीकरणको घोषणापत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रलार्य अझ विकसित गर्दै पहिचानका आधारमा संघीयता, सहभागितामुलक समावेशी लोकतन्त्र, बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवाद, सामाजिक न्याय, सुशासन, समृद्धि, बहुसाँस्कृकित राष्ट्रवादको विकास गर्न जरुरी भएको भन्दै दुई पार्टीबीच घोषणा गरिएको जनाइएको छ ।
यी दुई पार्टीबीच एकीकरण समानताको आधारमा गरिने पनि सम्झौता भएको छ ।
अहिले समाजवादी पार्टीले प्रयोग गर्दै आएको झन्डा नै नयाँ पार्टीको झन्डा हुने भएको छ । अनि राजपाले प्रयोग गरेको चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको छाता हुने जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।