समाजवादीसँग एकतापछि राजपाका असन्तुष्ट नेताले उठाए दुई प्रश्न

काठमाडौं– बुधबार मध्यराति नेपाली राजनीतिमा नयाँ दुई दलको जन्म भएको छ । आकस्मिक र एकाएक भएको यो नाटकीय राजनीतिक दलको घोषणामा एकता भएका दुई दलकै कार्यकर्ता चाहिँ खुसी हुन सकेका छैनन् । 

मध्यराति समाजवादी पार्टी र राजपाबीच एकता भएपछि समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले सात सांसदको साथ लिएर नयाँ पार्टी जन्माएकी छिन् । अनि राजपाका केही नेताहरु पनि असन्तुष्ट भएका छन् । 

त्यसो त घोषणासभामा पनि राजपा अध्यक्षमण्डलका दुई सदस्य अनिलकुमार झा र राजकिशोर यादव उपस्थित थिएनन् । त्यसैले यी दुवैजना यो सहमतिबाट असन्तुष्ट भएको लख काट्न थालिएको छ ।

त्यति मात्र होइन, राजपाका अन्य नेता तथा कार्यकर्ता पनि समाजवादी पार्टीसँग भएको एकतामा असन्तुष्ट छन् । 

यो घोषणा भएपछि उनीहरुले दुई प्रश्न आफ्नो नेतृत्वलाई सोधेका छन् । एकताबाट असन्तुष्ट एक राजपा नेताले फरकधारसँगको कुराकानीमा भनेका छन्, ‘यो पार्टी विधान विपरित हो ।’ उनले अध्यक्षहरुले पार्टीलाई आफ्नो प्राइभेट कम्पनीजस्तो सोचेको पनि आरोप लगाएका छन् ।

‘पार्टीमा यति ठूलो निर्णय के अध्यक्षहरुको एक्लो निर्णयबाट मात्र हुन्छ, उनीहरुले केन्द्रीय सदस्य र हामीलाई सोध्नु पर्दैन ?’ उनले पहिलो प्रश्न राखेका छन् । 



अनि सँगसँगै राजपाको विधानको प्रसंग पनि उनले उठाएका छन् । उनले विधानलाई सम्झिँदै गरेको दोस्रो प्रश्न हो– राजपा विधानमा पार्टीका निर्णय अध्यक्षमण्डलका सदस्यबाट सर्वसम्मत गर्ने उल्लेख गरिएको छ । आजको घोषणा जे गरिएको छ, त्यसमा दुई सदस्य उपस्थित छैनन् । के सर्वसम्मत भनेको यही हो ? 



  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार १:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया